अ’वैध स’म्बन्ध राखेको आशंकामा पतिले ‘गु’प्ता’ङ्ग”मा सुपरग्लु ल’गाए, पत्नीको अवस्था ग’म्भीर


अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अ’वैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौ’ना’ङ्ग सुपर ग्लुले टालिदिएका छन् । पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरी अस्पतालमा भर्ना गरेका थिए । उनको हालत ग’म्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसैलाई आधार मानेर पत्नीको अ’वैध स’म्बन्ध भएको आ’शंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

उद्धारकर्ताहरुका अनुसार श्रीमान् आफ्नी पत्नीलाई बाँ’धे’र उनको यौ”’ना’ङ्ग”मा सुपरग्लुले टालिदिएपछि फरार भएका थिए । यद्यपी उनी अहिले पक्राउ परिसकेका छन् । उनले प्रहरी समक्ष आफ्नो गल्ती पनि स्वीकारिसकेका छन् । प्रहरीले मुसोमाथि घरेलु हिं”सा”’को आरोप लगाएको छ ।

उनकी पत्नीको प्रजनन अंगमा गहिरो चो”’ट लागेको छ । उनीमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नी दोषी भएको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published.

Back to top button