‘आईपीएल’ अनिश्चितकालका लागि स्थगित


काठमाडौंः भारतमा जारी १४औँ सिजनको आईएपीएल स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो।

खेलाडीहरु तथा टिम स्टाफहरुमा कोरोना देखिन थालेपछि बीसीसीआईले अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो ।

हालै केकेआरका २ तथा हैदराबाद र दिल्ली क्यापिटल्सका एक–एक खेलाडीमा कोरोना देखिएको थियो।

कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदराबादका विकेटकीपर ब्याट्सम्यान ऋद्धिमान साह र दिल्लीका स्पिनर अमित मिश्रामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसका साथै चेन्नईका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथन, बलिङ कोच एल बालाजी र एक बस क्लिनरलाई पनि कोरोना देखिएको थियो।

जारी सिजनमा २९ म्याच सकिसकेका थिए। यो अवस्थासम्म दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close