काठमाडौं उपत्यकामा आज ३,५९५ जनामा कोरोना पुष्टि ( भिडियो सहित )


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका पनि कोरोना संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २ हजार ७४४ गरी कुल ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप समाचार : यी युवक अस्पताल बाहिर कोरोना भएकालाई निशुल्क अक्सिजन सिलिण्डर दिइरहेका थिए, प्रहरीले तत्काल गर्यो पक्राउ

बीबीसी । भारतमा कोरोनाको दोश्रो लहरसँग अक्सिजन र अस्पतालमा उपचारकाृ चरम अभाव भएको छ । यस्तैमा उत्तर प्रदेश राज्यस्थित जौनपुरको एउटा सरकारी अस्पतालबाहिर अक्सिजन अभावमा त ड्पि रहेका बिरामीहरूलाई आफ्नो एम्बुलेन्सबाट अक्सिजन दिने युवकविरुद्ध स्थानीय प्रशासनले उजुरी दर्ता गरेको छ । उक्त कदमलाई कैयौँले अरूलाई सहायता गर्न चाहने मानिसलाई प्रशासनले अवरोध गर्न खोजेको रूपमा हेरिरहेका छन् ।

ती युवकले अस्पतालबाहिर अव्यवस्था उत्पन्न गरेको र स्वास्थ्यकर्मीलाई समस्या भएको प्रशासनको तर्क छ । जौनपुर जिल्लाका प्रमुख अधिकारी मनीष वर्माले बीबीसी हिन्दीसँग कुराकानी गर्दै भने, अहिले ती युवकविरुद्ध कुनै कारबाही गरिएको छैन, एडीएमको समूहले पूरै मामिलाबारे जाँच गरिरहेको छ । प्रशासनको उद्देश्य कसैलाई बिनाकारण दण्डित गर्ने होइन।

जौनपुर कोतवालीमा विक्की अग्रहरि नामका ती युवकविरुद्ध म हा मा री ऐनको दफा ३ र भारतीय द ण्ड संहिताको दफा १८८ तथा २६९ अनुसार जाहेरी दर्ता गरिएको छ । यो जाहेरी जौनपुरका मुख्य चिकित्सा अधीक्षक सीएमओ को उजुरीका आधारमा दर्ता गरिएको हो । विक्की अग्रहरिले बीबीसी हिन्दीसँग कुरा गर्दै भने, मैले बिरामीहरू अक्सिजन नभएर त ड्पि रहेको देख्न सकिनँ । त्यसैले आफ्नै एम्बुलेन्सबाट सिलिन्डर निकालेर अक्सिजन दिएँ ।

आफ्नो उजुरीमा सीएमओले भनेका छन्, विक्की र अन्य व्यक्तिहरू टिकट काउन्टरनजिकै सास फेर्न समस्या भइरहेका बिरामीहरूलाई सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए र भिडिओ बनाइरहेका थिए । उनीहरूले त्यहाँ रहेका व्यक्तिहरूलाई प्रशासनका तर्फबाट केही व्यवस्था गरिएको छैन ।

हामीहरू बिरामीहरूलाई बचाउने कोसिस गरिरहेका छौँ भनिरहेका थिए । सहयोग गर्ने युवकविरुद्ध जाहेरीले प्रशासनको छविप्रति नकारात्मक असर पर्न सक्ने हुँदाहुँदै किन जाहेरी दर्ता गरियो भन्ने प्रश्नमा डीएम मनीष वर्माले भने, मेरो जानकारी अनुसार ती युवक अस्पतालबाहिर बिरामीहरूलाई अक्सिजन दिएर भिडिओ बनाइरहेका थिए ।

त्यस बेला अस्पतालमा शय्याहरू उपलब्ध थिए । जसलाई बाहिर अक्सिजन दिइयो उनीहरू सबैलाई अस्पतालमा भर्ना गरिएको थियो । चौतीस वर्षीय विक्की अग्रहरि एम्बुलेन्स चालक हुन् ।

बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भने, मसँग एम्बुलेन्समा दुईवटा सिलिन्डर थिए । दुई साताअघि मैले आफ्नी पत्नीको सुन बेचेर अन्य चार सिलिन्डर किनेँ । दुई सिलिन्डर मलाई दानमा प्राप्त भयो । मैले हालसम्म १०० जनाभन्दा बढीलाई अक्सिजन दिएर मद्दत गरिसकेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close