महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रलाई फूलैफूलले सजाइयो, दर्शनार्थी बने मन्त्रमुग्ध


काठमाडौं, ०९ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा आराधना गर्न भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

महाशिवरात्रिको अवसरमा यस वर्ष पशुपतिनाथ मन्दिरलाई पनि विशेष बनाइएको छ ।
विगतका वर्षहरुमा दर्शनार्थीहरुको भीड र गाँजा तानेर धुँवा उडाइरहेका नागा बाबाहरुको दृश्य देखिन्थ्यो ।

तर, यो वर्ष भने महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरलाई बेहुलीझैँ सिंगारिएको छ । विभिन्न रंगका फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिर लोभलाग्दो देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार पनि फूलकै बनाइएको छ । त्यस्तै, मन्दिर परिसरभित्रका शिवलिंग, शिवको वाहन साँढेलगायतलाई पनि फूलैफूलले सिंगारिएको छ, भने मन्दिरको मूल प्रवेशद्धारलाई पनि फूलले चिटिक्क पारेर सजाइएको छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरलाई सजाइएका विभिन्न फूलहरु भारतको मुम्बई, थाइल्याण्ड र अष्ट्रेलियाबाट ल्याइएको बताइएको छ । जसका लागि करिब दुई करोड खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button