शरिर पछाडी टाउको भएका संसारकै अनौठो मानिस, डाक्टरले २४ घण्टा पनि बाँच्दैन भनेका ओलिभिएरा यसरी बने संसारकै उत्कृष्ट (भिडियो हेर्नुस्)


एजेन्सी । संसारमा अनौठो घटना हुन्छ । ब्राजिलबाट एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ एक व्यक्तिको जन्म भएको थियो । त्यती बेला डाक्टरहरूले उनलाई २४ घण्टा पनि बाँच्न सक्दैन भनेर घोषणा गरे । तर उनै ब्यक्ति अहिले ४४ वर्षका भएका छन् । यि ब्यक्तिको टाउको शरिरको पछाडी तिर छ । जसका कारण उनी संसारकै अनौठो मानिस भन्दै विश्व प्रसिद्ध भएका छन् ।

उनको कामले पनि उनलाई विश्व प्रसिद्ध बनाएको छ । सरिरको अनौठो बनावटका कारण आज संसारमा प्रख्यात भएका छन् । क्लाउडियो भेरा डि ओलिभियरा अब एक लेखापाल हुनुका साथै मोटिभेशल स्पीकर पनि भएका छन्। ओलिभिएराकी आमा भन्छिन् कि उनले बाल्यकालदेखि नै उनको अरु बच्चाजस्तै सम्हालिन् ।

न्यु योर्क पोष्टको एक रिपोर्टका अनुसार क्लाउडियो भेरा डि ओलिभियरालाई उनको आमाले अन्य बच्चाहरु जस्तै उनलाई पनि जीवन बाँच्न पूर्ण स्वतन्त्रता दिईन्।

जब ओलिभराको जन्म भयो, उनलाई सास फेर्न गाह्रो भयो र डाक्टरहरूले उनको आमालाई सल्लाह दिएका थिए कि उनको जीवन लामो समय सम्म चल्दैन । उनलाई अब खान पनि दिन पर्दैन । तर उनी बाँचे । ओलिभराले स्कूल मात्र पढेनन् की विश्वविद्यालय स्तरसम्म आफ्नोअध्ययन पुरा गरे र एक लेखापालको रुपमा काम गरे ।

ओलिभरा टिभी हेर्छन्, फोन चलाउँछन्। र ती सबै चीजहरू गर्छन् जुन एक साधारण व्यक्तिले गर्छन्। ओलिभरा आज मानिसहरू माझ धेरै प्रख्यात भइसकेको छन्। उसको परिवार ओलिभ्राको सफलताबाट धेरै खुसी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close