आज पनि हावाहुरीसहित वर्षाको सम्भावना !


काठमाडौँ । अहिले देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिएको छ । देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच साँझपख विशेष गरि पहाडी भेगमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close