दक्षिण कोरियामा कोरोना भाइरसको महामारी , १ को मृ’त्यु , १०४ सं’क्रमित , २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह


काठमाडौं ,केहि महिनादेखि चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले दक्षिण कोरियामा पनि म’हामारीको रुप लिन थालेको छ । बिहिबार एक दीनमै ५३ जना नयाँ सं’क्रमित भेटिएपछि कुल सं’क्रमितको संख्या १०४ पुगेको कोरिया रो’ग नियन्त्रण के’न्द्रले जनाएको छ । सं’क्रमित मध्ये एक ६३ बर्षीय कोरियन नागरिकको ज्या’न गएको छ भने हजारौ मानिसलाई कोरोनाको आ’शंकामा बिसेष नि’गरानीमा राखिएको बताएको छ । बिहिबार प्र’माणित भएका ५३ जना सं’क्रमित मध्ये ५१ जना कोरियाको उत्तरी ख्या’ङ्सान प्रान्त स्थित थेगु वासि छन भने २ जना राजधानी सियोल बासि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सं’क्रमित मध्ये २८ जना थेगुको एक चर्चका मानिसहरु छन् । ६१ बर्षिया एक सं’क्रमित महिला उक्त चर्चमा गएका कारण सं’क्रमण फै’लिएको बताइएको छ । उक्त चर्च गएका १हजार १ जना मध्ये ९० जनामा कोरोना भाइरसको लक्षण देखिएको छ भने ५१२ जनाले कुनै लक्षण नदेखिएको बताएका छन् । त्यस्तै ३९६ जना सम्पर्कमा नआएको थेगु स्थानीय सरकारले जनाएको छ । त्यस्तै कोरोना भाइरसको केन्द्रबिन्दु परेको थेगु शहरमा स्थानीय सरकारले त्यहाँ रहेका २५ लाख भन्दा धेरै मानिसहरुलाई घर बाहिर न’निस्किन तथा घर भित्र पनि माक्स लगाएर बस्न क’डा सु’झाब दिएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button