सांसद झाक्रिले बनाएको टिकटक भिडियोमा उनका श्रीमानले तर्कियर हेरेपछि…….(भिडियोसहित)


काटमाण्डौ । सांसद रामकुमारी झाक्रिको हिजोआजको दिन धेरै जसो टिकटकमा बित्ने गरेको छ । उनले टिकटक बनाउन थालेको धेरै पनि भएको छैन । उनलाई टिकटकमा कोरोनाले गर्दा देश लकडाउनमा गएपछि देखिन थालेको हो । सांसद झाक्रिले टिकटक बनाएदेखि उनले आफुलाई सिंगार्न पनि थालेकी छन् ।

सांसद झाक्रिको टिकटक भिडियोलाई उनका फ्यानहरुले रुचाएकै छन् । उनको कुनै पनि टिकटक भिडियोमा नकारात्मक प्रतिकृया खासै कसैले पनि दिएको देखिंदैन । उनले प्राय सबै गीतहरुमा आफ्नो टिकटक भिडियो बनाईरहेकी हुन्छिन् । एउटै ब्याकग्राउण्ड सिन र एकैथरी मेकअपमा सजिंदै सांसद झाँक्रिले बनाउने टिकटक भिडियोलाई १८९.४ हजार जनाले लाईक गरेका छन् ।

पछिल्लो समय उनले बनाएको एउटा टिकटक भिडियोमा उनको श्रीमानलाई देख्न सकिन्छ । सांसद झाक्रिले ‘सेवा गर्छन् भगवान जसरी यिनको सेवा गरुँ म कसरी ?’ बोलको गीतमा टिकटक बनाएकी छन् । उक्त गीतको टिकटक भिडियोमा सांसद झाक्रिले आफ्नो श्रीमानलाई देखाउँदै भिडियो बनाएकी हुन् ।

सो भिडियोमा सांसद झाक्रिको श्रीमानले रिसाउँदै हेरेको देखिन्छ । उनको हेराईबाट यस्तो अनुभूति हुन्छ कि मानौं सांसद झाँक्रिको श्रीमानलाई श्रीमतीले टिकटक भिडयो बनाएको मन परेको छैन । श्रीमानको रिसले भरिएको अनुहारको मतलब नै नगरी झाक्रिले भने आफ्नै पारामा भिडियो बनाएकी छन् ।

@rk_didi

यिनको सेवा गरौ म कसरी..?💝 Just for fun😂#tiktoknepal🇳🇵 #rkj💕 #foryou

♬ original sound – Sanjip Acharya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close