धनगढीबाट श्री एअरको विमानमा काठमाडौंका लागि उडे सञ्चारमन्त्री बाँस्कोटा !


काठमाडौं। कन्चनपुरमा शुरु भएको एक महोत्सवको उ’द्घाटन र नेकपाको नगरस्तरीय कार्यक्रमहरुमा सहभागी हुन ७ फागुनमा कन्चनपुर पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काठमाडौं नफर्कंदै उनले कमिसन मागेको अडियो सार्वजनिक भयो। सेक्युरिटी प्रि’न्टिङ प्रेस खरीदसम्बन्धमा एक स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसन मो’लमोलाइ गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटा वि’वादमा परेका छन्। सञ्चारमन्त्री बाँस्कोटा बिहानै कन्चनपुरबाट धनगढी विमानस्थल आउँदै गरेका थिए ।

त्यसक्रममा विमानस्थल आसपास सु’रक्षा व्यवस्था अत्यन्त क’डा पारिएको थियो । अत्तेरियाबाट पनि थप सु’रक्षाकर्मी मगाइएको थियो र सशस्त्र प्रहरी पनि ख’टाइएको थियो । यसरी धनगढी विमानस्थल आइपुगेका सञ्चारमन्त्री बाँस्कोटासँग उनको अडियोबारे पत्रकारले प्र’तिक्रिया मागेका थिए । तर, बाँस्कोटाले कुनै प्र’तिक्रिया दिन मानेनन् । उनले काठमाडौं पुगेर पत्रकार स’म्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।मन्त्री बाँस्कोटा श्री एअरको विमानबाट काठमाडौंका लागि उडेका छन् । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियमित साप्ताहिक पत्रकार स’म्मेलन हुँदैछ । Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button