कुवेतमा एकै दिन दुई नेपालि युवाले ज्यान गुमाए


काठमाडौं, ८ फागुन । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाले एकै दिन ज्यान गुमाएक छन् । नेपाली युवाले कार्यक्षेत्रमै ज्यान गुमाएका हुन् । रसुवाका धनकृष्ण ग्वाबा तामागं र झापाका सुरेशवहादुर खत्री हुन् । सुरेश पोखरामा परिवार सहित बस्दै आएका थिए । पोखरावाट वैदेशिक रोजगारीका लागि कुवेत पुगेका खत्रीले ज्यान गुमाएको कुवेतमा रहेका नेपालीले जनाएका छन् ।

उनीहरुले मंगलवार एकै दिन ज्यान गुमाएको बताइएको छ । साथीसंग विहान करिब ८ वजेतिर कुरागर्दै गर्दा बेहोस भएर ढलेका उनलाई अस्पताल पुर्याइएको थियो । चार वर्ष अघि कुवेत गएका उनको निधनको कारण खुल्न नसकेको भएपनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । कास्कीका खत्रीको पनि उपचारका क्रममा अस्पतालमा ज्यान गएको छ ।

पोखराको लामाचौरमा बस्दै आएका उनका परिवार अहिले पीडामा छन् । उनी लामो समय देखि अस्पतालमा थिए । डिसेम्बर ६ मा उनी पनि वेहोस भएर ढलेका थिए । तत्काल अस्पताल लगिएको भएपनि उनको मंगलवार निधन भएको हो । २० वर्ष देखि कुवेतमा वैदेशिक रोजगारीका लागि रहेका खत्रीलाई ब्रेन ह्याम्रेज भएको चिकित्सकले बताएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button