नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै ब’ला’त्कृ’त


काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै ब”ला”’त्कृ”’त भएकी छन्। क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा शुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर करणी गरेको उजुरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्र्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ। माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि करणी गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन्। पीडित छात्राले आफूले चि’च्या”एर प्रतिकार गरे पनि कसैले नसुनेको र झ्यालहरूमा पर्दा भएकाले बाहिरका व्यक्तिले नदेखेको जानकारी गराएकी छन्। करणीपछि पीडित छात्रा पीडा लिएर घर फर्किएकी थिइन्। करणीबाट अत्यधिक र’क्त’श्रा’व भएपछि उनले आफ्ना साथीहरूलाई घटनाका बारेमा जानकारी गराएसँगै घटना क्याम्पस प्रमुखसमक्ष पुगेको थियो।

करणीपछि र’क्त’श्रा’व”का कारण पीडित छात्रा तीन दिन अस्पतालमा भर्नासमेत भएकी थिइन्। साथीको साथ लिएर पीडक ढकालमाथि कारबाही गर्नुपर्ने माग गर्दै पीडित छात्रा क्याम्पस प्रमुख जीवनकुमार भट्टराईसमक्ष पुगेकी थिइन्। पीडित किशोरीले आफू करणी भएको मौखिक उजुरी गरेपछि प्रहरीमा जान सुझाव दिएको नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख भट्टराईले जानकारी दिनुभयो।

क्याम्पस प्रमुख भट्टराईले क्याम्पस परिसरभित्र यस्तो घटना हुनु दुःखद र ग”’म्भीर भएको बताउँदै प्रहरीसमक्ष उजुरी गर्न पीडित छात्रालाई आग्रह गरेको नेपाल समाचारपत्रलाई बताउनुभयो। लगत्तै पीडित महिलाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा पीडक ढकालका विरुद्ध किटानी जाहेरी दिएकी र प्रहरीले पनि तत्काल कारबाही शुरू गरेको थियो।

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो। प्रहरीका अनुसार पीडक छात्राले आफूले करणी गरेको स्वीकारेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । इताजाखबर बाट

Leave a Reply

Your email address will not be published.

Back to top button