आज ह्वात्तै बढ्यो डलरको भाउ, यस्तो छ अरु देशको विनिमय दर !


काठमाण्डाै – अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ ।हिजो ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो ।

डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ । भारतमा कोरोना सङ्कटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो ।

नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ ।तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close