परीक्षा हलमै विद्यार्थीले चु’रो’ट ताने , भिडियो खिचेर टिकटकमा हाले !


जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धनुषाधाम स्थितको एक विद्यालयमा एक विद्यार्थीले परीक्षाकेन्द्रभित्रै चु’रो’टवाजी गरेको देखिएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधामस्थित रहेको धनुष जनता प्राविधिक उच्च माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै चु’रो’टवाजी गरेको भिडियो बाहिर आएको छ ।

सो भिडियो खिचेर विद्यार्थी शिवम् यादव नामक समाजिक सँजाल टिकटक प्ले’टफार्ममा सार्वजनिक समेत गरेको छ । कक्षा ९ मा पढने शिवम यादवको टिकटकमा हा’लिएको सो भिडियोमा दर्जनौ विद्यार्थीको बीच विद्यालयको कक्षाकोठाभित्रै चु’रो’ट खाँदै गरेको भिडियो सार्वजनिक भएको हो ।

कक्षा ९ को तेस्रो सेमेस्टरको परीक्षा च’लिरहँदा मोबाईल सहित गएका विद्यार्थीहरुले मोबाईबाट चि’ट चो’र्दै गरेको भिडियो पनि देखिएको छ । परीक्षा हलमा कोही पनि गार्ड नभएको अवस्थामा विद्यार्थीहरुले आफुखुसी मोबाईलबाट चि’ट चो’री गरि लेखिरहेको देखिएको छ । कक्षा ९ को स्वास्थ्य तथा जनसँख्या विषयको परीक्षाको क्रममा परीक्षा हलभित्रै विद्यार्थीहरुले पालैपालो चु’रो’टको धुँवा उडाएको देखिएको छ ।

भिडियोमा टोपी लगाएको एक विद्यार्थीले चु’रो’ट तानेपछि पुनः अर्को विद्यार्थीलाई दिदै भिडियो खिचिरहेको देख्न सकिन्छ । सोही टिकटक आईडीमा हालिएको अर्को भिडियोमा भने विद्यार्थीहरुले मोबाईलबाट नि’र्वा’ध र नि’ड’र भएर ची’ट चो’री गर्दै गरेको देखिएको छ ।कक्षामा सो बखत कुनै पनि गा’र्ड वा शिक्षकको उपस्थिति भने नदेखिनु विद्यालय प्रशासनको गै’र जि’म्मेवारी प्रष्टाएको छ ।

विद्यालयका प्रधानाध्यापक (हे’ड मास्टर) राजेन्द्र साहसँग विद्यालयको परीक्षा हलभित्रै विद्यार्थीहरुले चु’रो’ट खाँदै गरेको भिडियोको सन्दर्भमा प्रतिक्रिया लिँदा उनले विद्यार्थीलाई का’रवा’ही गरिएको बताए । परीक्षा च’लिरहँदा केही क्षणको लागि मात्र शिक्षक कक्षा बाहिर गएपछि उनीहरुले ब’दमासी गरेको बताउँदै उनले भिडियो हाल्ने र यस्ता गतिविधि गर्ने शिवम यादवलाई परीक्षाबाट निष्कासित गरिएको बताए ।

दर्जनौ विद्यार्थीहरुको बीचमा प्रतिबन्धित गतिविधि गरिरहँदा विद्यालय प्रशासन कतिसम्म गै’र जि’म्मेवार रहेको भनेर प्रष्ट भएको छ । हे’डमास्टर राजेन्द्र साह उपर गै’रजिम्मेवारी र नेतृत्वको क्षमता उपर प्रश्न उठन थालेको छ । भिडियो हेरेपछि स्थानीय बुद्धिजीवीहरुले समेत प्रधानाध्यापक साहलाई विद्यालयबाट का’रवा’ही गरी नि’ष्कासित गर्नुपर्ने मा’ग उठाएको छ ।

प्रअ साहका साथै त्यो दिन गा’र्ड बसेका शिक्षकलाई समेत का’रवाहीको माग गरिएको हो । हे’डमास्टर साहका अनुसार, विद्यार्थी शिवम यादवलाई तेस्रो समेस्टरको परीक्षा र’द्द गरिएको हो । उनले भने, “शिवम यादव यसपाली अब पा’स हुन सक्दैन, फेरी एक वर्ष कक्षा ९ मै बस्नुपर्छ ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close