जलविरेमा दुईवटा गाडी एक आपसमा ठो’क्कीयो ,नारायणगढ–मुग्लिन सडकखण्ड अ’वरुद्ध


६ फाल्गुन २०७६, मंगलवार काठमान्डौ ,नारायणगढ–मुग्लिन सडकखण्ड अ’वरुद्ध भएको छ ।बिहान ५.५० बजे चितवनको ईच्छाकमना गाउँपालिका– ६ जलविरेमा दुईवटा गाडी एक आपसमा ठ’क्कर खादाँ बाटो दुवै तर्फ अ’वरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।मुग्लिनबाट नारायणगढ आउदै गरेको ना ५ ख ४०३ नंम्बरको डिब्बा ट्रक र विपरीत दिशा जादँै गरेको ना ८ ख ६९८० नंम्बरको गिट्टी बोकेको ट्रिपर आपसमा ठ’क्कर खादाँ ट्रकका चालक सामान्य घा’ईते भएका छन् ।

घा’ईते चालकलाई उपचारको लागि काठमाडौँ लगिएको छ भने ट्रिपर चालक भने प्रहरीको नियन्त्रणमा छन्। अ’वरुद्ध भएको बाटोलाई खुलाउने प्रयास जारी रहेको छ । यसको लागि मुग्लिनबाट र्याकर समेत गईसकेको चितवन प्रहरीले जनाएको छ। त्यस्तै चितवनमाट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । भरतपुर महानगरपालिका १५ फुलबारी स्थीत भित्री सडकखण्डबाट मंगलपुर तर्फ जाँदै गरेको बा १ क ६२५५ नम्वरको ट्रकले गयराती वि’परित दिशाबाट आइरहेको ना ५७ प १९ नम्वरको मोटरसाइकललाई ठ’क्कर दिएको हो ।

ट्रकको ठ’क्करबाट मोटरसाइकल चालक भरतपुर १५ फुलबारी कै ३५ बर्षिय रामप्रसाद दुवाडीको मृ’त्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । श’व प’रिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठ’क्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button