घाम ताप्दै चियाँ पिउनका लागि कुर्सीमा बसीरहेका बृद्धाको बसेकै अबस्थामा ज्या न गयो


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारमा सोमबार दिउँसो एक जना बृद्धको पसलमा चिया खान कुर्सिमै बसेका बेला मृ त्यु भएको छ । कन्चनपुरको शुक्लाफाटा नगरपालिका १ बन्साका अन्दाजी ८०/८५ बर्षका नथ्था राना स्याउले बजारको एक पसलमा चिया खान बसेका बेला मृ त्यु भएको हो ।

धनगढीको बेलामा आफन्तको घरमा जानको लागि आएका राना चिया खानको लागि स्याउलेको एक पसलमा बसेका थिए । आफ्ना सम्धी संगै मोटरसाईकलमा आएका राना चिया खान कुर्सिमा बसेको केहि वेरमै मृ त्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक हिक्मत थापाले प्रारम्भिक अनुसन्धानका क्रममा उनी द मको रो गी रहेको बुझिएको बताए । उनले घटनाको मुचु ल्का लिने काम जारी रहेको बताए ।

अन्य समाचार : न्यायाधीश चढेको गाडीमा आगलागी उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको जीपमा सोमवार साँझ आगलागी भएको छ। न्यायधीश शारङगा सुवेदीले चढ्ने बा १ झ ८८६३ नम्बरको जीपमा भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

‘तेल हाल्ने क्रममा आगलागी भएको छ।’ उनले भने, ‘वाइरिङ्ग सर्ट भएर आगलागी भएको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ।’ कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीश सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको हो।

आगलागीबाट गाडीको सिटहरु जलेर नष्ट भएका छन्। आगो लागेपछि न्यायाधीशसहित चालक निर्मला अधिकारी, सुरक्षाकर्मी कविता चौधरी उत्रिएका थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहनजंग बुढथापाले अगाडिको वाइरिङ्ग तार सर्ट हुँदा आगो लागेको बताए । अन्य क्षति भने भएको छैन। भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button