मामाको विवाहमा आएका २ वर्षका बालकको नालामा डु बे र निधन


काठमाठौ । सप्तरीमा दुखद घटना भएको छ । मामाको विवाहमा रमाउन आएका एक बालक सदाका लागि अस्ताएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहमा यस्तो घटना भएको हो । मामाको विवाहमा रमाउन आएका बालक नालामा डु बे का हुन् ।

उनी मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका थिए । प्रहरीले बालकको नालामा डु बे र निधन भएको जनाएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेश आइतबार दिउँसो नालमा डु बे को अवस्थामा फेला परेका थिए । परिवारले देख्दा उनको निधन भइसकेको थियो ।

सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिएअनुसार , मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खा ल्डो मा डु बे र ती बालकको निधन भएको हो। बालकको श व लाई पो ष्ट मा’र्ट मका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व राजा रानीको निवास श्रीसदनमा अवलोकनकर्ताको भिड
नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको श्रीसदनमा पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको कक्षसहित पूर्वअधिराजकुमारी श्रुति र पूर्वअधिराजकुमार निराजनले बाल्यकालमा प्रयोग गरेका कक्ष छन् ।

यी कक्ष हेर्न अवलोकनकर्ताको भिड लाग्ने गरेको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले बताए ।

श्रीसदन खुलेपछि मङ्सिर, पुस र माघमा प्रत्येक महिना १३ हजारभन्दा बढी अवलोकनकर्ता प्रवेश गरेका छन् । विसं २०२३ मा तत्कालीन युवराज वीरेन्द्रका लागि श्रीसदन निर्माण गरिएको थियो । पूर्वराजा वीरेन्द्रले लामो समयसम्म निजी निवासका रूपमा प्रयोग गरेकाले अवलोकनकर्ताको रुचि बढेको हो ।

नारायणहिटी दरबारलाई सङ्ग्रहालय घोषणा गरिएको करिब १३ वर्षपछि श्रीसदन खुला गरिएको हो । दरबारलाई २०६५ साल असार १ गते राष्ट्र प्रमुखको जिम्मेवारीसमेत वहन गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सङ्ग्रहालयका रूपमा उद्घाटन गरेका थिए ।

दरबार क्षेत्रमा रहेको नारायण मन्दिर धारा (हिटी) को नामबाट यहाँको नाम नारायणहिटी राखिएको हो । नारायणहिटीमा दरबार बनेपछि राजा पृथ्वी वीरविक्रम शाहको पालामा यहाँबाट राजकाज शुरु भएको हो । सुरेन्द्र वीरविक्रम शाहको पालासम्म हनुमानढोका दरबारबाट नै शासन सञ्चालन भएको थियो । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close