रुबिना बनिन् बिग बोस १४ को बिजेता


काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।
बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

यो पनि पढ्नुहोस : एसी मिलानको पोष्टमा इन्टरको तीन गोल

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको छ ।

लाउटारो मार्टिनेजको दुई तथा रोमेलु लुकाकुको एक गोल मद्दतमा इन्टरले मिलान डर्बी खेल सहजै जितेको हो । जितपछि इन्टरले मिलानसंग ४ अंकको अग्रता समेत बनाएको छ ।

सानसिरोमा भएको खेलको पाँचौ मिनटेमै मार्टिनेजले लुकाकुको पासमा गोल गरदै इन्टरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इन्टरले दुई गोल थप्यो ।

५७औं मिनेटमा मार्नटेनेजले इभान पेरिसिकको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ६६औं मिनेटमा पेरिसिककै पासमा लुकाकुले इन्टरका लागि तेस्रो गोल गरे ।

जितपछि इन्टरको २३ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट एसी मिलानको ४९ अंक छ । अनलाइनखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker