भोली देशव्यापी आ’महड्ताल


काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा वि’घटन वि’रुद्ध बिहीबार दे’शव्यापी आ’महड्ताल गर्ने निर्णय गरेको छ। भोली बिहीबार देशव्यापी रुपमा राजनीतिक ह’ड्ताल घो’षणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आ’कस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रधानमन्त्री केपी ओली स’मूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल स’मूहले आ’महड्ताल आयोजना गरेको हो।

आ’महड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै ब’न्द रहने भएकाले यो नेपाल ब’न्दजस्तै वि’रोध प्र’दर्शन हो। ‘भूमि स’मस्या स’माधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथ वि’रुद्ध भोलि आम ह’ड्ताल गर्ने निर्णय भएको छ’, प्रचण्ड–नेपाल स’मूहका सं’घर्ष समितिका एक नेताले भने, ‘अहिले पत्रकार स’म्मेलनमा विस्तृत जानकारी दिइनेछ।’

यो पनि पढ्नुहोस : कक्षामै कापीकिताब, ल्यापटप छोडेर फर्किने गरी निस्केका अजय २ हप्तासम्म किन फर्केनन् ? : काठमाडौं। अमेरिकाको न्यूयोर्क शहरबाट जनवरी १९ का दिनदेखि हराइरहेका नेपाली विद्यार्थी अजय साह अझै भेटिएका छैनन् । २२ वर्षका साह ड्रिउ विश्वविद्यालयको कलेज अफ लिबरल आर्टसका जुनियर तथा आवासीय सहायक हुन् ।

पछिल्लो पटक उनी १९ जनवरीको मध्यरातमा न्यूयोर्क शहरको पेन स्टेशनमा न्यूजर्सी ट्रान्जिट ट्रेनबाट निस्किएको देखिएका थिए । त्यसपछि उनी बेपत्ता छन् ।उनको ल्यापटप, असाइनमेन्ट र अन्य पढाइका सामग्रीहरु उनको डेस्कमै छाडिएका थिए जसलाई हेर्दा उनी फर्किने गरी बाहिर निस्किएको बुझिने उनका परिवार र साथीहरुले बताएका छन् ।

न्यूजर्सीको डिजिटल मिडिया एनजे डटकमका अनुसार साहले बेपत्ता भएदेखि सामाजिक संजालमा केही पोस्ट गरेका छैनन् । उनको क्रेडिट कार्ड पनि प्रयोग भएको छैन । पछिल्लो पटक उनको क्रेडिट कार्ड ट्रेन टिकट किन्न प्रयोग भएको थियो जुन ट्रेनबाट ओर्लिएको उनी पछिल्लो पटक देखिएका थिए ।

मोरिस काउन्टी प्रोसिक्युटरको कार्यालयका अनुसार साह न्यूयोर्क गइरहन्थे र उनको टेक्साससँग पनि नजिकको सम्बन्ध थियो । ‘अजय हाम्रो समूदायका चिरपरिचित र महत्वपूर्ण सदस्य हुन् र हामीले उनको खोजीका लागि प्रयास गरिरहेका छौं र उनी ड्रिउमा सुरक्षित फर्किन्छन् भन्ने आशा गरेका छौं’ अजय बेपत्ता भएपछि कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close