चार वर्षीय छोरा र श्रीमानलाई सदाका लागि छोडेर गईन् रञ्जना

काठमाडौं । रञ्जना छेत्रीलाई दिईयो अन्तिम श्रद्धाञ्जली ! पश्चिम बंगाल पुलिस बिभागमा कार्यरत महिला कन्सटेबल श्रीमती रञ्जना छेत्रीको रक्त क्यान्सरका कारण गत ११ फरवरी साँझ भेल्लोर सिएमसी अस्पतालमा उपचारका क्रममा नि’धन भएको थियो। रञ्जनाको पार्थिव शरीरलाई बिहिबार हवाईमार्ग भएर बागडुग्रा विमानस्थल ल्याईयो।
पछि मेट्रो पुलिस स्टेशनमा पुलिस विभागका तर्फबाट सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गर्यो। सुक्रबार उनको शरीरलाई पञ्चतत्वमा समर्पित गरिएको छ। ३० वर्षीया मृ’तक रञ्जनाको माईत गोरूबथान तल्लो माङजिङ पोख्रेबुङ हो। उनको विवाह निम्बोङ दलप्चन्द-२ निवासी दुर्गा छेत्री संग भएको थियो। रञ्जनाले आफ्नो ४ वर्षीय छोरा अनमोल छेत्री, र श्रीमानलाई सदाका लागि छोडेर गएकी छिन्।