छोरीले दाइजोमा मागिन् आफ्नो तौल बराबर किताब


एजेन्सी , साधारणतया, जन्मघरबाट बिदा गर्नेबेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहिबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे ।वास्तवमा, शिक्षक हरदेव सिंह जाडेजाकी छोरी किन्नरी बालाई बाल्यकालदेखि नै किताब पढ्ने शौक छ । उनको घरमा पाँच सय किताबको लाइब्रेरी छ । जब उनको विवाह इन्जिनियर पूर्वजीत सिंह हुने निश्चित भयो तब उनले दाइजोको रुपमा आफ्नो तौल बराबरको किताब मागिन् ।

तब पिता हरदेव सिंहले छोरीको इच्छा पूरा गरिदिने सोच बनाए । पूर्वजीत सिंह क्यानडामा बस्छन् ।हरदेव सिंहले सुरुमा आफूलाई मनपर्ने किताबको सूची बनाए । त्यसपछि ६ महिनासम्म दिल्ली, काशी र बेंगलुरुसमेत विभिन्न शहरबाट किताब जम्मा गरे । यसमा महर्षि वेद व्यासदेखि आधुनिक लेखकका अंग्रेजी, हिन्दी र गुजराती भाषाका किताब समावेश छन् । कुरान, बाइबलसमेत १८ पुराण पनि समावेश छन् । उनले उक्त किताबलाई गाडीमा भरेर छोरीको बिदाई गरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस

सिटिजन्स बैंकको गम्भीर ला’परवाही ,खाता खोल्न दिएको आवेदन चटपटे व्यापारीको हातमा !

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ग्राहकको गो’पनीयतामा ला’परवाही गरेको भेटिएको छ। सिटिजन्स बैंकमा ग्राहकले खाता खोल्नको भरेको आवेदन फारममा चटपटे पोको पारेको फोटो सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।पत्रकार प्रकाश तिमल्सिनाले ३ फागुनमा आफ्नो ट्विटर अकाउन्टमा फोटो पोस्ट गर्दै लेखेका छन, “बैंकहरूले हाम्रो व्यक्तिगत विवरण कति सु’रक्षित राख्छन् भन्ने यो एउटा उदाहरण हो। यसरी व्यक्तिगत विवरणमा हेलचेक्य्राई गर्ने बैंकलाई का’रबाही गर्न मिल्छ कि मिल्दैन?” उनले चटपटे किन्दा उक्त फारम भेटेको उल्लेख गरेका छन्।

ग्राहकले बैंक खाता खोल्नको लागि आफ्नो तीनपुस्ते परिचय सहितको विवरण बुझाएको हुन्छ। ग्राहकको त्यस्तो विवरण गो’प्य राख्नु बैंकको दायित्व हो।तर, सिटिजन्स इन्टरनेशनल बैंकमा ग्राहकले बुझाएको फारम भने चटपटे व्यापारीको हातमा पुगेको छ। ग्राहक को फोटो टाँसिएको उक्त फारममा खाता नम्बर ००१०००१७३७२८ उल्लेख गरिएको छ। सिटिजन्स बैंक इन्टरनेशलका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता उमंग शर्माले भने बैंकले ग्राहकको विवरण गो’प्य राखेको दा’बी गरिन्। उनले भनिन्, “हामीले सबै ग्राहकको विवरण गोप्य नै राख्छौं।

तर, त्यो फारम कसरी बाहिर पुग्यो हामी अध्ययन गर्छौं। कोही ग्राहकले फारम पुरै नभरी आफै बाहिर लगेर फालेको पनि हुन सक्छ। विस्तृत अध्ययन नगरी ठ्’याक्कै के भएको हो अहिले भन्न सक्दिन।” बैंकले उक्त फारम कसरी बा’हिरियो भन्ने विषयमा अध्ययन शुरू गरेको उनले जानकारी दिइन्

Leave a Reply

Your email address will not be published.

Back to top button