आइपीएलको खेल तालिका सार्वजनिक, दिल्लीको म्याच कुन–कुन दिन? (तालिकासहित)


काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ । २९ मार्चदेखि १७ मेसम्म हुने १३ औँ सिजनको आइपीएल खेल तालिका शनिबार राति सार्वजनिक भएको हो । आसन्न आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र गत विजेता मुम्बई इन्डियन्स खेल्ने छन् ।

यी दुई टीमबीचको पहिलो खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ । आइपीएल २०२० मा ५ अप्रिल, १२ अप्रिल, १९ अप्रिल, २६ अप्रिल, ३ मे र १० मेमा दिनमा २–२ म्याच खेलाइने छ । यो पटक पनि पूरानै समयमा आइपीएलका म्याच सुरु हुने छन् । २ खेल हुने दिनमा पहिलो म्याच दिउँसो ४ र दोस्रो म्याच राति ८ बजे सुरु हुने छन् ।

पहिलोपटक आइपीएलमा शनिबार दुई खेल राखिएको छैन् । आइतबार भने दुई खेल हुने छ । आइपीएलमा चेन्नई सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर्स बैग्लोर, सनराई हैदरावाद, किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइट राइडर्स रहेका छन्।

दिल्लीको पहिलो म्याच पन्जावविरुद्ध

नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सको पहिलो म्याच किंग्स इलावेन पन्जावविरुद्ध रहेको छ । आइपीएल २०२० मा दिल्ली र पन्जावको पहिलो म्याच ३० मार्चमा हुने छ । यस्तै दिल्लीको अरु खेल ३ अप्रिल, ५ अप्रिल, १० अप्रिल, १३ अप्रिल, १९ अप्रिल, २२ अप्रिल, २६ अप्रिल, १ मे, ३ मे, ६ मे, १० मे र १३ मे छ । 

Leave a Reply

Your email address will not be published.

Back to top button