वुहानबाट १७५ नेपाली बोकेर काठमाडौंका लागि उड्यो जहाज


काठमाडौं ,कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तको राजधानी उहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको वाइडबडी विमान नेपालतर्फ उडेको छ। उहानबाट १ सय ८५ जनालाई ल्याउने तयारी गरिए पनि स्वास्थ्य परीक्षणका क्रममा ६ जनामा ज्वरो देखिएपछि चीनले उनीहरूलाई विमानस्थलमै रोकेको छ। अन्य चार जना भने स्वइच्छाले आउन नचाहेको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए। विमानमार्फत आउन लागेका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी, २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेको बताइएको छ।

चीन सरकारले नेपालीहरूलाई नेपाल पठाउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गरेको थियो। त्यस क्रममा ६ जनालाई ज्वरो आएका कारण नेपाल आउनबाट रोकेको हो।चीन सरकारले यसअघि नै ज्वरो र रूघाखोकी लागेकालाई नपठाउने बताएको थियो।उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका थिए। चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्। कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन्।कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका थिए।

१८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख बताए। लामो कष्टपूर्ण दैनिकीबाट छुटकारा पाउने र स्वदेश फर्किने दिन आइपुगेपछि विद्यार्थीमा उत्साह देखिन्छ। नेपाल सरकारले आफ्नो कुरा सुनेर फर्काउँन लाग्दा खुसी लागेको उनीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published.

Back to top button