काठमाडौँ जाँदै थिए बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले करणी गरे भन्दै युवती प्रहरीकोमा पुगेपछि…


तीन दिनअघि आफू सा’मू’हि’क करणीमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले करणी गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पी’ड’कको खोजीमा लाग्यो । तर कतैबाट पनि करणी भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानकै क्रममा झुटो करणी ठहर गर्दै पी’डित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र करणीको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि ज’ब’रज’स्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आ’प’रा’धिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।

युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरमिा पीडितलाई पठायो ।

‘म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अ’प’ह’र’ण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर करणी ग’रे,’ उनले प्रहरीलाई बताएकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो पनि : जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close