करिना कपुर र सैफ अली नयाँ घरमा सरे, दोस्रो सन्तानलाई स्वागत गर्न नयाँ घरमा यस्तो छ भब्य तयारी


एजेन्सी । बलिउड नायीका करिना कपुरले दोस्रो सन्तानलाई नयाँ घरमा स्वागत गर्ने भएकी छन् । करिना र सैफ अलि खानले त्यसको भब्य तयारी गरेका छन् । उनीहरु हालै नयाँ घरमा सरेका छन् । यो कुराको जानकारी करिनाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन् ।

करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ ।इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सार्वजनिक गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ ।

टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘एउटा नयाँ सुरुवाततर्फ ’ यसमा करिना कपुरका फलोअर्सले उनलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

करिना कपुरकी दिदी करिष्मा कपुरले पनि उनको नयाँ घरको टेरेसबाट एउटा फोटो सेयर गरेकी छिन् र पोस्टलाई क्याप्सन दिँदै लेखेकी छिन्, ‘नयाँ सुरुवात सधैं विशेष नै हुन्छ ’ सैफ र करिना दोस्रो सन्तानको पर्खाइमा छन् । करिना दोस्रो पटक आमा बन्न लागेकी हुन् । उनीहरुको पहिलो सन्तान तैमुर सामाजिक सञ्जालमा भाइरल छन् । उनका तस्बिरहरु निकै चर्चामा छन्।

को घरकी इन्टेरियर डिजाइनिङ गर्ने दर्शनी शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनिन्, ‘सैफ र करिनाको नयाँ घर विशेषगरी बच्चाको जन्मको हिसाबले घरलाई नयाँ तरिकाले तयार गरिएको छ । यसका साथै तैमुरका लागि पनि छुट्टै कोठा छ । यो घरमा बच्चाका लागि नर्सरी हुनेछ । पुरानो घरको तुलनामा यो घर निकै ठूलो हुनेछ । शानदार सिँढी, स्विमिङ पुल, आउटडोर एरिया र ओपन स्पेससहित यो घर निकै शानदार छ ।’ Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close