धनुषामा मोटरसाईकल एकआपसमा ठो’क्किदा एकजनाको घ’टनास्थलमै मृ’त्यु, २ जनाको अवस्था ग’म्भीर


जनकपुरधाम । धनुषामा मोटरसाईकल एकआपसमा ठो’क्किदा एक जनाको मृ’त्यु र दुई जना ग’म्भीर घा’ईते भएका छन् ।जिल्लाको हँसपुर नगरपालिका ९ अन्तर्गत जनकपुर–यदुकुहा सडक खण्डमा २ वटा मोटरसाईकल एक आपरमा ठो’क्किदा १ जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ भने २ जना ग’म्भीर घा’इते भएको हो ।शनिवार बेलुका करिब ४ बजे औरही गाउँपालिका १ झि’टकोहिया चौक र हँसपुर नगरपालिकाको बालगंगा चौकको बीचमा रहेको हनुमान मन्दिरदेखी करिब २ सय मिटर पुर्वमा दु’र्घटना भएको हो ।

पूर्वबाट ज ११ प ६३९० र विपरित दिशाबाट आइरहेको ज १० प २९७७ नम्बरको मोटरसाइकल ए’कापसमा ठो’क्किदा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृ’त्यु हुनेमा हँसपुर नगरपालिका ६ सोनिगमाका २० वर्षीय नवीन राय रहेका छन् भने उनीसँगै मोटरसाइकमा सवार रहेका सोही गाउँका २२ वर्षीय संजय मुखिया र औरही गाउँपालिका १ का झिटकोहिया २५ वर्षीय इनर मंडल ग’म्भीर घा’इते भएको जनाएको छ ।घा’इतेहरुको उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button