ट्याक्सी चालककी छोरी १०० रूपैयाँ तिरेर पढेकी अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड
मासिक रु एक सय शुल्कमा पढाइ हुने नेपालकै सस्तो विद्यालयमा पढेकी एक छात्राले संसारकै महँगो मध्येको कलेज पढ्न स्विट्जरल्यान्ड गएकी छन् ।उत्तम सञ्जेलले सञ्चालन गरेको समता शिक्षा निकेतनबाट एसईई उत्तिर्ण गरेकी चितवनकी अस्मिता अधिकारी संसारको महंगोमध्ये एक र सुविधायुक्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।
अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले बताए ।जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए ।
यो पनि पढ्नुहोस : अब धेरै समय बाँकी छैन मेरो छोरीलाई गुमाउन चाहन्न बचाई बचाइदिनुहोस्’ सियोनाको आमा(भिडियो सहित) —
स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।
सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।
सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि icu मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ ।
सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु ।नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।