आफ्नो खातामा भएको पैसा आमाको नाममा पठाएर लण्डनमा नै अस्ताए पोखराका ३२ वर्षीय बद्री


काठमाडौ । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृ’त भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डि’ए’को अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो । उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आ’त्म’ह’त्याको कारण अझै खु’ल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अ’नुस’न्धान थालेको छ ।

शुक्रबार बिहान एघार बजे घरबाट निस्किएका उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।आ’त्म’ह’त्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ ।केसीको आ’त्म’ह’त्याको कारण स्पष्ट भइसकेको छैन । Source:Osnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close