साम्राज्ञीको देवांश राणासँग ब्रेकअप


काठमाडौं, अभिनेत्री साम्राज्ञी आरएल शाहको मयंक खड्कापछि देवांश राणासँग पनि ब्रेकअप भएको चर्चाले चलचित्र क्षेत्र तातेको छ । उनीहरुले २ वर्ष अगाडिदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । साम्राज्ञी चलचित्रको घोषणा कार्यक्रममा समेत प्रेमीको हात समातेर पुग्ने गरेकी थिइन् । उनले आमा नेहा आरएल शाहले गाएको गीतको भिडियोमा समेत देवांशसँग अभिनय गरेकी छन् ।

अहिले भने उनीहरु एकअर्काबाट अलग भएको खबर छ । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा देवांशसँगका तस्विरहरु हटाएपछि उनीहरुको प्रेम सम्बन्ध टुंगिएको हल्ला चलेको हो ।विशेषगरि साम्राज्ञीको इन्स्टा स्टोरीमा देवांश दिनहुँ जसो झुल्किरहेका हुन्थे । तर, गएको दुई महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शुन्य छ ।

न त पोस्ट भएका तस्विर नै छन् । देवांशको सामाजिक सञ्जाल हेर्ने हो भने पनि उनीहरुको प्रेम सम्बन्ध सकिएको हल्लालाई पुष्टि गर्छ । उनले साम्राज्ञीसँगका तस्विरहरु इन्स्टाग्राम र फेसबुकबाट हटाइसकेका छन् । अहिले उनी ब्रेकअपको पीडा भुलाउन जन्मथलो नेपालगञ्ज पुगेका छन् । त्यहाँ उनको परिवारले ठूलो लगानीमा स्नेहा होटल सञ्चालन गरेको छ ।यो होटलमा साम्राज्ञी पनि कयैन् पटक पुगिसकेकी छन् । Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close