पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कँदै अध्यक्ष ‘प्रचण्ड’


काठमाडौं, २५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किनु हुने भएको छ ।गत पुष २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ जानु भएका अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लाग्नु भएको हो । उहाँ शनिबार साँझ काठमाडौं आइपुग्ने जनाइएको छ ।

उहाँकी पत्नी सीतालाई भारतमै छाडेर उहाँ स्वदेश फर्कन लाग्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ । सीताको हाल मुम्बाइमै उपचार भइरहेको छ । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close