कोरोनाभाइरस संक्रमितको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीको मास्कले बिगारेको अनुहारहरु…


काठमाडौं । नोवेल कोरोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना गरेको छ । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरबाट संक्रमण फैलिएको कोरोनाभाइरसले हालसम्म चीनमा १,३५० जनाको ज्यान लिइसकेको छ भने करिब ६० हजार संक्रमित भएका छन् । चीनमा यसलाई कोभिड–१९ नाम दिइएको छ । यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुको उपचारमा दिनरात खटेका चिकित्सकसहित स्वास्थ्यकर्मीले चौविसै घण्टा मास्क लगाउँदा अनुहारमा खाउचोट लागेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेका ति तस्विरमा स्वास्थ्यकर्मीको अनुहारमा चोट लागेको देखिन्छ । उनीहरु थकित र गलित भाव झल्कने अनुहारमा लागेको खाउले झनै चिन्तित देखिएका छन् । कोरोनाभाइरसको हालसम्म भ्याक्सिन तथा औषधि पत्ता नलागेकाले उपचारमा कठिनाइ आइरहेको छ । नियन्त्रण गर्न सकस बनेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकालको घोषणासमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button