अझै फेला परेनन् सप्तकोशी नदिमा हाम फालेका इटहरीका बानियाँ


इटहरी / मंगलबार सप्तकोशी नदिमा हाम फालेका इटहरीका व्यवसायी राजेश बानियाँ अहिले सम्म फेला परेका छैनन् । बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका बानियाँलाइ फेला पार्न नसकिएकाे जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएकाे छ । प्रहरी र आफन्तले निरन्तर खाेजि गरे पनि अहिले सम्म पत्ता नलागेकाे प्रहरीले बताएकाे छ ।

प्रेमिकाले धोका दिएकाे भन्दै मंगलबार अपराह्न साढे चार बजे कोशी पुलमबाट बानियाँले हाम फालेका थिए । कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्विरसहित स्टाटस लेखेका थिए, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।’
प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए । कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोशिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताएका छन् । Source:Purbelinews

Leave a Reply

Your email address will not be published.

Back to top button