पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु


भोजपुर / भोजपुरको ट्याम्केमैयुम गाउँपालिका-७ बतासे बस्ने भाईराज राईको ९ बर्षीया छोरी निशाना राईको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा मृत्यु भएकाे छ । बुधवार दिउँसो २ बजेको समयमा आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै तत्काल प्रहरी चौकी कोटबाट खटिएको प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको थियो । घटनाका विषायमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । Source:Purbelinews

Leave a Reply

Your email address will not be published.

Back to top button