सल्यानको चोरखोलामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एकको ज्यान गयो


दाङ, २९ माघ । सल्यानको चोर खोलामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बुधबार सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको सबुज गणको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलाको भिरबाट खस्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त गाडीमा सात जना सवार थिए, जसमध्ये तीन जना (३५ वर्षीय मेजर ईश्वर सिलवाल, जवान जय प्रकाश बोहोर र जवान रोशन हिटन)लाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

अहिले उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै बाँकी तीन जना घाइतेहरुको घटनास्थलबाट उद्दार भइरहेको डिएसपी हरिहरनाथ योगीले जानकारी दिए । घटनामा ज्यान गुमाउने सैनिकको पहिचान खुलाइएको छैन ।

उक्त दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजानका लागि सेनाको हेलिकप्टर तुलसीपुर आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button