काठमाडौंको तापक्रम आज यो वर्षकै कम


काठमाडौँ, ११ पुष । पुष लागेसँगै देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै कम भएको छ । आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको पुस तीन गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाडौं तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।

आज भने काठमाडौं तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close