घरको रेलिङबाट खसेर ६ बर्षिय सृष्टिको मृत्यु


इटहरी / इटहरीमा घरको रेलिङबाट खसेर बालिकाको मृत्यु भएकाे छ । इटहरीका कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टि सिटौलाको मृत्यु भएको हो ।

साथीहरु सँग खेल्ने क्रममा सृष्टि घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ ।

यो पनि पढ्नुहोस

अगुल्टोले टाँउकोमा हिर्काउदा महिलाको मृत्यु

धनकुटा / धनकुटा छथरजोरपाटी-३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ । शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी थिइन् ।

घाईतेकाे जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ । घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ। पुर्बेलीन्युज बाट

Leave a Reply

Your email address will not be published.

Back to top button