खुशीको खबर , माघ ४ गते देखि हराईरहेकी कल्पना चौधरी यस्तो अबस्थमा भेटीईन !


२८ माघ २०७६, मंगलवार काठमान्डौ , गत माघ ४ गते देखि हराइरहेकी कल्पना चौधरी भेटिएकी छिन ।बेलुकी ८ः३० बजेको समयमा फोनको रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पना बिराटनगरको एक होटलमा काम गर्दै गरेको अवस्थामा फेला परेकी हुन् । होटलमा भेटिएकी कल्पनाले टेलिफोनमा आमासँग कुराकानी गरेर काठमाडौं आउँदै गरेको जानकारी गराएकी छिन् ।आमासँगको सामान्य झगडामा कल्पनाले घर छाडेर हिडेको खुल्न आएको छ । रिचार्ज कार्ड किन्न घरबाट निस्केकी कल्पनाले आमासँग बस्न नचाहेरै भागेको हुन सक्ने आमाले बताएकी छन् ।

केहिदिन अगाडि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएपछी कल्पनाकी आमाले भने उक्त भिडियोमा ५/६ जना मिलेर नि’र्घात कुट’पिट गरिएकी किशोरी आफ्नी छोरी भएको बताएकी थिइन ।तर,भिडियोमा कु’टाइ खाने युवती कल्पना चौधरी नभई मोरङकी रेविका बिश्वकर्मा भएको खुल्न आएपछि कल्पना को झन ब्यापक खोजि भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Back to top button