४२ बर्षिय नेपाली सुरक्षागार्ड भिमको उपचार नपाएर मलेसियामा नि,धन


काठमाडौँ । धनकुटाका ४२ बर्षिय भिम बहादुर मगरको एउटा सपना थियो मलेसिया गएर धेरै धन कमाउने । परिवारलाई खुशी र सुखी राख्ने । तर उनको सपना अधरै रहेको छ । वैदेशिक रोजगारीको निम्ति मलेसियामा सेक्रेटरी गार्डमा कार्यरत भिम सुतिरहेकै अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।

मृ,तक भिम बहादुर सुरुमा मलेसिया आउदा कामगर्ने रोजगारदाता कम्पनी छोडेर भागेर बिगत ९ बर्षदेखी एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि अबैधानिक हैसियतमा मलेसिया क्वालालम्पुरको वाङ्सामाजु भन्ने ठाउँमा सुरक्षागार्डको काम गर्दै आएको उनका साथी हरि मगरले ओएस नेपाललाई जानकारी दिए ।

उनी निकट स्रोतका अनुसार भिम बहादुर बिगत १ महिनादेखि बिरामी भई थला परेका थिए । र काम छाडेर कोठामानै बस्दै आएका थिए । पछिल्ला दिनमा भिमलाई रुघाखोकी र फोक्सोमा संक्रमण देखिएको थियो । उनको स्वास्थमा समस्या देखिएपछि उनले क्लिनिकबाट औषधी ल्याएर सेवन गर्न सुरु गरेको बताइन्छ ।

यो पनि पढ्नुहोस्

विबाहअघि नै श्वेताले भब्य ‘ब्याचलर पार्टी’ दिएकी रहिछन्
काठमाडौ । ब्याचरल पार्टी हिजोआज नेपालमा पनि फेसन जस्तै भएको छ । नायीका प्रियंका कार्की र ऋचा शर्मा, आँचल शर्मा लगायतले विबाह अघि यो पार्टी दिएसँगै उनीहरुका तस्विर र भिडियोहरु भाइरल भए, उनीहरुले चर्चा कमाए ।

हालै वेबाहिक बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काको विबाह अघि श्वेताले ब्याचरल पार्टी मनाउन के गर्लिन् भन्ने कौतुहलताकाबिच उनका पति विजयेन्द्रले भने साथीसँग धुमधामले मनाए ।

तर श्वेता मौन जस्तै देखिइन् । उनले मनाइनन् भन्ने लाग्यो धेरैलाई । तर श्वेताले पनि धुमधामले आफ्ना साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाएको विबाहपछि तस्विर सार्वजनिक भए ।

पार्टी गरेको कुरा गोप्य राखेकी नायिका श्वेता अहिले युट्युवको ट्रेण्डिगंको स्थानलाई कब्जामा नै लिइरहेका बेला उनको ‘ब्याचलर पार्टी’का दृश्यहरु भाइरल बनिरहेका छन् ।

केही सिमित साथीका साथ ब्याचलर पार्टी गरेको सार्वजनिक भएका तस्बिर र भिडियोमा देख्न सकिन्छ । सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close