आ’गलागीका कारण त्रिभुबन बिमानस्थल ब’न्द , अवतरणका लागि आएका जहाज आकाशमै होल्ड


काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ’गलागी भएको छ ।अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु बस्ने कक्षमा आ’गलागी भएको हो । यात्रु कक्षमा बसेका यात्रुहरुलाई सु’रक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आ’गलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । यद्दपी आगो कसरी लाग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल ब’न्द भएको टावरले जानकारी दिएको छ।

विमानस्थलको टावर ब्रिफिङका अनुसार आ’गालगानीका कारण यो समाचार तयार पार्दासम्म आधा घण्टादेखि ब’न्द रहेको छ। अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठसँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलगानी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिएका छन्। विमानस्थल ब’न्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्। आगलगानी नियन्त्रण भएपछि विमानस्थलले से’फ्टी अडिट गरेपछि मात्र विमानस्थल पुन:सञ्चालन हुने छ।

Leave a Reply

Your email address will not be published.

Back to top button