मुना कार्की ह’त्याका’ण्डःविजय चौधरीको पे’न्टीमा र’गत र वि’र्य देखियो


काठमाडौँ- ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको ह’त्यापछि आफैँ पनि आ’त्मह’त्या गर्ने कामदार विजय चौधरीको पे’न्टीमा प्रहरीले र’गत र वि’र्य भेट्टाएको छ। प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँ’केका थिए। त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने सिसिटिभी फुटेजमा देखिँदैन।१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हि’र्काएको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ।

सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ। ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झु’न्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेका थिए।१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँ’केर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको सिसिटिभी फुटेजमा देखिएको छ। १० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाएपछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको पे’न्टीमा ‘रगत र वि’र्य लत्पतिएको देखिएको छ। पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button