त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ ।

अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु  बस्ने कक्षमा आगलागी भएको हो । यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

अहिले आगो नियन्त्रणको प्रयास जारी राखिएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button