आमासँग भाँडा धुन गएका बेला चार वर्षिय सिजनलाई कुलोले बगायो, आमा अचेत


बागलुङ -बागलुङमा कुलोले बगाएर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बडिगाड-५ न्वारा घर भएका कृष्ण परियारको ४ वर्षीया छोरी सिजन परियार रहेको बताइएको छ ।

आमासँग भाँडा धुन गएकी सिजनलाई ग्वालिचौर लघु-जलविद्युतको कुलोले बगाएर २ सय मिटर तल पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकालाई उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लैजादै गर्दा बाटैमा ज्यान गएको हो । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको बताइएको छ । छोरीको मृत्यु भएपछि आमा अचेत भएको बताइएको छ । Source:Osnepal

Leave a Reply

Your email address will not be published.

Back to top button