पूर्वसचिवकी पत्नी मुना कार्कीको आफ्नै घरमा ह त्या, घटनास्थलमा जे देखियो ( भिडियो सहित)


काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको निधन भएको छ। सोमबार बिहान ललितपुरको सानेपास्थित घरको भान्सामा अचेत अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा ग म्भीर चो ट लागेको थियो। भान्सा कोठामै र’ग’तले ल’त्प’ति’ए’को अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनकाे निधन भयाे।

कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि श व फेला परेको छ । चौधरीले देहत्याग गरेको प्र-हरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिएको महानगरीय अ’पराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरीका अनुसार उनकै घरमा राखिएका कामदारले ह त्या प्रयास गरेर देहत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मुनाका पति कार्की विभिन्न भष्ट्राचार आरोप खेपेका पूर्वसचिव हुन् ।

दाङका २२ वर्षे चौधरीको श व डोरी चुँ डि ए र ल डेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

तर महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईका अनुसार प्रहरीले घटनाको थप छानविन गरिरहेको छ ।

घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चो ट र नी ल डा मस हित अ चेत अवस्थामा भेटिएर निधन हुनुले यो घटना निकै शं’का’स्पद भएको र एउटा संगठित ह त्या हुनसक्‍ने आ शंका गरिएको छ।

दुवै श व पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

पूर्ननिर्माण प्राधिकरणमा रहदाँ पीडितका पाल र जस्तापातामा, नेपाल ट्रष्टमा रहदाँ यति समुहलाई ट्रष्टको जग्गा कमिशन लिएर कौडीमा सुम्पेको जस्ता धेरै बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको कारवाहीमा पनि परेका थिए ।

कार्कीका दुई छोरी र एक छोरा छन् । कार्कीका दुई छोरी विदेशमा छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन् । पूर्वसचिव कार्की मन्दिर गएर घर फर्किदा यो अवस्था देखेपछि तत्कालै आफन्तको सहयोगमा अस्पताल पुर्याको बताएका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published.

Back to top button