काेराेनाकाे कारण चीनमा एकैदिन ९७ जनाकाे ज्यान गयाे, सङ्क्रमितकाे सङ्ख्या भने ‘स्थिर’


काठमाण्डौ – कोरोना भाइरसका कारण चीनमा आइतबार एकैदिन ९७ जनाको ज्यान गएको छ ।

काेराेनाका कारण एकैदिन ज्यान गुमाएकामध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । अहिलेसम्म कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ तर नयाँ सङ्क्रमितहरुको सङ्ख्या भने स्थिर छ । 

पूरै चीनमा ४० हजार एक सय ७१ जनामा कोरोनाको सङ्क्रमण पाइएको छ भने एक लाख ८७ हजार पाँच सयभन्दा बढीलाई चिकित्सकको निगरानीमा राखिएको छ । 

जापानमा पानी जहाजमा यात्रा गरिरहेका थप ६० भन्दा बढी मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । जहाजमा यात्रा गरिरहेका तीन हजार सात सय यात्रुमध्ये १ सय ३० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्धमा भाइरसको सङ्क्रमण देखिएपछि योकोहामा बन्दरगाहमा रहेको ‘द डायमण्ड प्रिन्सेस शिप’ लाई नै दुई हप्ताको क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

चीन सरकारको तथ्याङ्कअनुसार अहिलेसम्म तीन हजार दुई सय ८१ जना उपचारपछि पूर्ण रुपमा निको भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button