कुकुरलाई बचाउन लाग्दा आफै सेती नदीको खोँचमा खसेका युवकको यसरी गरियो सकुशल उद्दार, हेर्नुहोस तस्विरहरु


काठमाडौं, माघ २७- पोखरामा सेती नदीको खाँचमा अड्किएका युवकको सकुशल उद्दार गरिएको छ ।

पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खाँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफै खोचमा खस्न पुगेका थिए

उनलाई आज नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको हो । खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उद्धार गरेको हो । खोचबाट सकुशल उद्दार गरिएका उनको अबस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button