प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साेमबार बिहान धापासीस्थित ग्राण्डी अस्पताल पुग्नुभएको हो । प्रधानमन्त्री ओलीकाे स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियाे ।

आइतबारकै पुर्व निर्धारित कार्यक्रममा पनि उहाँ सहभागी हुनु भएकाे थिएन । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उहाँ सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नुभएकाे थियाे ।
आइतबारकै राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा प्रधानमन्त्री ओली करिब सात मिनेट बोलेर बाहिरिनुभएकाे थियाे ।