पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती चि’न्ताजनक अवस्थामा र कामदार मृ’त फेला


२७ माघ २०७६, सोमबार काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की चि’न्ताजनक अवस्थामा र कामदार आफ्नै घरमा मृ’त फेला परेका छन् ।ग’म्भीर घा’इते अवस्थामा फेला परेकी उनलाइ सानेपामा रहेकाे स्टार अस्पताल लगिएकाे ललितपुरका एसएसपी टेकप्रसाद राइले जानकारी दिए। साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको श’व फेला परेको छ । उनले भने आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको श’वका कुनै चो’टपटक छैन भने उनको श’व फेला परेको स्थानमाथि डोरी पनि झु’ण्डिएको पाइएको छ ।

कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घ’टना भएको हो ।कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।घ’टनाको समय छोरा पनि स्कूल गएको र उनलाई पु’र्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।ललितपुर प्रहरीका एसएसपी राईले घटनाको पुष्टि गरे। उनी अहिले घटनास्थलमै रहेका छन्। उनले भने, ‘घटनाकाे कारण खुल्न बाँकी छ, केहीबेरमा जानकारी दिन्छाैँ।’ (यसअघि अन्याथा भएकोमा सच्याइएकाे छ। -सम्पादक)

Leave a Reply

Your email address will not be published.

Back to top button