भारतमा सावित्राको उत्कृष्ट प्रदर्शन : चार खेलमा १२ गोल, सम्मानस्वरुप ओजिलको जर्सी


काठमाण्डौ – नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । 

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारत गएकी सावित्राले अहिलेसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन् । जारी लिगमा सावित्री अहिलेसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् । 

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन् । दोस्रो पटक याे लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन् । गएकाे वर्ष उनले सेतु एफसीबाट खेलेकी थिइन् ।

सेतु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन् । उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

सावित्रालाई ओजिलको जर्सी 

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षर भएकाे जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरिएको छ । 

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चार वटै खेलमा जित हासिल गरेको छ । लिग सुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन् । 

सावित्रासँगै लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेतु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।अन्ति

Leave a Reply

Your email address will not be published.

Back to top button