दोलखा भीमसेनको सिलामा २ बजेदेखि पसिना आयोः अ’निष्टको आशंका


दोलखा ।दोलखास्थित प्रसिद्ध भीमेस्वर मन्दिरको शिलामा पसिना आएको छ ।आज दिउँसो २ बजेदेखि भीमसेनलाई पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भीमसेनको शिलाको सवैतिरबाट दिउँसो २ बजेदेखि लगातार पसिना आईरहेको हो । यो पटक सहित दोलखा भीमसेनलाई १६ औं पटक पसिना आएको छ । पानीको थोपा शिलावाट नि’स्किए पछि पसिना आएको बिस्वास गरिन्छ ।भीमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्र’द्धालु भ’क्तजन भेला भएका छन् ।

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अ’निष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई च’म्मरले ह’म्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अ’निष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो सँख्यामा द’र्शनार्थी मन्दिर परिसरमा पुगेका छन् ।शिलामा आएको पसिनालाई कपासले पुछेर द’र्शनार्थीलाई क्र’मिक रुपले दिने गरिन्छ । भीमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अ’निष्ट हुने बताईन्छ ।

शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अ’निष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अ’निष्ट हुने जनबिस्वास छ । यसअघि २०७६ साल फागुन ८ गते पनि भीमेश्वरको शिलामा विहान पौने ६ बजेदेखि ८ बजेर २० मिनेटसम्म पसिना आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close