अस्ट्रेलियामा : मुसलधारे पानी परेपछि न्यु साउथ वेल्समा लागेकाे एक तिहाइ आगाे निभ्याे


काठमाण्डाै – अस्ट्रेलियाकाे डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्रमा पानी परेको छ ।

लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेकाे र अझै आगाे निभाउन निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको बीबीसीले जनाएको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।

तर माैसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् । गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गैसकेको छ भने एक करोड हेक्टर जमिनमा क्षति पुगिसकेकाे छ । 

Leave a Reply

Your email address will not be published.

Back to top button