कोरोनाको कहर : चीनमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ


काठमाडौं, २३ माघ । कोरोना प्रभावित चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई फिर्ता ल्याउन सरकारले कुनै कदम नचालेको भन्दै विद्यार्थीका अभिभावकहरुले आज स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन् ।

चीनमा अध्ययनरत आफ्ना छोराछोरीको अवस्थाबारे समेत आफुहरु अनभिज्ञ रहेको भन्दै बिहीबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका अभिभावकहरुले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री लाई भेटेर यथार्थ जानकारी गराउन माग गरेका थिए ।

एक ध्यानाकर्षण पत्र समेत बुझाउँदै अभिभावकहरुले चीनको वुहान प्रान्त र वुहानको हुबेइ लगायत अन्य शहरमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे जानकारी नदिनु दुःखद भएको उल्लेख गरेका छन् ।

नेपाली विद्यार्थीहरुको उद्दारका लागि सरकारले यथाशक्य चाँडो देखिने गरी काम गर्न आवश्यक रहेको भन्दै उद्दारको नाममा ‘गफ’ मात्र नदिन पनि अभिभावकहरुले सरकारलाई आग्रह गरेका छन् ।

उद्दारको आशामा रहेका आम अभिभावकमाथि परेको पीडालाई बुझिदिन आग्रह गर्दै सरकारले उद्दारमा देखाएको चासो चासोमा मात्र सीमित नबनाउन पनि सुझाव दिएका छन् ।

सरकारले चीनबाट फर्काइएकाहरुलाई राख्न र उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्न भन्दै भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको भवन रोजेको छ । तर, भक्तपुरका स्थानीयवासीको विरोधपछि राख्ने ठाउँको बारेमा समेत सरकारको पछिल्लो कुनै प्रतिक्रिया आएको छैन । Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button